नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। यससँगै प्रतितोला छापावाल सुनको मूल्य ३ लाख ५ हजार ८ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया