एलआईसी नेपालको १०.५२६ प्रतिशत लाभांश सुरक्षित गर्ने असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार, असार १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
उक्त लाभांश पारित गर्न कम्पनीको २३औं वार्षिक साधारणसभा असार ३० गते बस्दैछ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजे सुरु हुनेछ।
सभामा हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।
यसैगरी, सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। बोनस सेयरपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया