प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण बुधबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो।
मंगलबार बिहान ११ बजे सुरु भएको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए। उनीहरूले गृहमन्त्री नहटेसम्म संसद् चल्न नदिने अडान राखेका छन्।
बैठक सुरु भएपछि अवरोधका कारण ३० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि बैठक दिउँसो २:३० बजे पुनः बस्ने भनिएको थियो, तर सहमति नजुटेपछि पुनः बैठक बस्न सकेन।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया