मोरङमा चिनियाँ राष्ट्रपति सि चिनफिङको किताब जलाउनेलाई कारबाही गर्न गृहको निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३ गते
मोरङमा चिनियाँ राष्ट्रपति सि चिनफिङको किताब जलाउनेलाई कारबाही गर्न गृहको निर्देशन

गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार, मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चिनियाँ राष्ट्रपति सि चिनफिङको किताब ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो। यस घटनासम्बन्धी विस्तृत विवरण सहितको पत्र काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त भएको थियो।

परराष्ट्र मन्त्रालयले प्राप्त पत्रसहित आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही आधारमा गृह मन्त्रालयले दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउन मोरङको सिडिओ प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स