सरकारको प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याल

सरकारको प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याल
AdvertisementAds

सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्तामा जिम्मेवारी दिन स्वीकृति दिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई सरकारको प्रवक्तामा जिम्मेवारी दिइएको जानकारी दिएका छन्।

यसअघि सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए। उनले आगामी निर्वाचनमा भाग लिने जानकारी दिएपछि प्रवक्ता पद रिक्त भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स