पीडितहरूसँग भेटघाट गर्न जाने तयारीमा रहेका गृहमन्त्री र उर्जा मन्त्रीको इलाम यात्रा टिकट नपाएर रोकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २० गते
पीडितहरूसँग भेटघाट गर्न जाने तयारीमा रहेका गृहमन्त्री र उर्जा मन्त्रीको इलाम यात्रा टिकट नपाएर रोकियो
AdvertisementAds

इलाममा शनिबार गएको पहिरोको क्षति अवलोकन र पीडितहरूसँग भेटघाट गर्न जाने भनिएको गृह मन्त्री ओमप्रकाश अर्याल र उर्जा मन्त्री कुलमान घिसिङको भ्रमण सोमबार स्थगित भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार, जहाजको टिकट उपलब्ध नभएकाले भ्रमण स्थगित गरिएको हो। मन्त्रीहरूले काठमाडौँबाट झापाको भद्रपुरसम्म नियमित हवाई उडानमार्फत यात्रा गरी त्यहाँबाट हेलिकोप्टरमार्फत इलाम पुग्ने योजना बनाएका थिए।

इलाममा शनिबार र आइतबारको अविरल वर्षापछि ठूलो धनजनको क्षति भएको थियो। पहिरोले बस्तीहरू पुर्दा तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको थियो। पीडितलाई सान्त्वना दिन र अवस्थाको स्थलगत जानकारी लिन मन्त्रीद्वय भ्रमणमा जाने तयारीमा थिए। स्रोतले भने, “आज त्यता जाने भनिएको थियो। तर टिकट नपाएपछि स्थगित भयो। अर्को मिति अहिलेसम्म तय भएको छैन।” भ्रमणमा गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि सहभागी हुने तयारीमा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स