अमेरिकाको आगलागीमा हलिउड स्टारहरूका घर जले, कमला ह्यारिसको घर पनि खाली गरियो

AdvertisementAds
अमेरिकाको आगलागीमा हलिउड स्टारहरूका घर जले, कमला ह्यारिसको घर पनि खाली गरियो
AdvertisementAds

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगो सहरसम्म पुगेको छ । मंगलबार भएको आगलागीबाट ३ दिनमा हालसम्म ४ हजार ८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । आगलागीबाट करिब ११ सय भवन पूर्णरुपमा जलेका छन् भने २८ हजार घरमा क्षति पुगेको छ ।

जंगलमा फैलिएको आगोका कारण अहिले ५ जनाको मृत्यु भएको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ । योसँगै करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रशासनले सहरमा संकटकाल घोषणा गरेको छ ।

जल्ने डरले लस एन्जलस (एलए) को ब्रेटनवुड क्षेत्रमा बनेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ । लस एन्जलस अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोडभन्दा बढी मानिस बस्छन्।

आगलागीले एलए सहरको पश क्षेत्र पालिसेड्समा रहेका धेरै हलिउड स्टारका बंगला जलेर नष्ट भएका छन् । पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एस्टन कुचर लगायतका धेरै हलिउड स्टारका घरमा आगलागी भएको छ । धेरै सेलिब्रेटीहरूले आफ्नो घर छोड्नु परेको छ।

बीबीसीका अनुसार क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो जसरी फैलिरहेको छ, त्यसले हलिउड हिल्समा रहेको अमेरिकी फिल्म उद्योगको पहिचान ‘हलिउड बोर्ड’ पनि जलाउने डर छ । वास्तवमा, लस एन्जलसमा हलिउड नामको ठाउँ छ, अमेरिकी फिल्म उद्योगको नाम त्यसैको नाममा राखिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स