अडानी समूहको सेयर मुल्यमा गिरावट ल्याएको हिन्डनबर्ग रिसर्च अब बन्द हुने, किन ?



Advertisement
Ads

अमेरिकास्थित लगानी समूह हिन्डनबर्ग रिसर्च अब बन्द हुने भएको छ। बुधवार कम्पनीका संस्थापक नेथन एन्डरसनले हिन्डेनबर्ग रिसर्च बन्द गर्ने घोषणा गरेका छन। कम्पनी २०१७ मा स्थापना भएको थियो र करिब ८ वर्षपछि कम्पनी बन्द हुने भएको हो ।


Advertisement

नेथन एन्डरसनले भने कि कम्पनीले आफ्ना सबै अनुसन्धान परियोजनाहरू सम्पन्न गरेको छ त्यसैले अब बन्दको निर्णय गरिएको हो। उनले आगामी ६ महिनामा कम्पनीका अनुसन्धान विधिहरू र प्रक्रियाबारे सामग्री र भिडियो तयार गर्ने योजना बनाएको पनि बताए।


Advertisement

यसअघि सन् २०२३ मा कम्पनीले भारतमा एकदमै चर्चामा पाएको थियो। कम्पनीले भारतीय उद्योगपति गौतम अडानीको रिपोर्टहरू प्रकाशित गरेर अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएको थियो, जसका कारण अडानी समूहको सेयर मुल्यमा करोडौं डलरको गिरावट आएको थियो। आर्थिक पत्रिका इकोनोमिक्स टाइम्सका अनुसार २०२३ मा प्रकाशित हिन्डनबर्ग रिपोर्टले अडानी समूहको सेयर मुल्यमा १५० अर्ब डलरको गिरावट ल्याएको थियो।

त्यस्तै, हिन्डनबर्गको सबैभन्दा चर्चित अनुसन्धान २०२० मा विद्युतीय ट्रक निर्माता निकोला कर्पको बारेमा थियो, जसमा कम्पनीले निकोलाले आफ्नो प्रविधि बारे झूठ बोलेको आरोप लगाएको थियो। यसपछि निकोलाका संस्थापक ट्रेभन मिल्टनलाई ठगीको आरोपमा दोषी ठहर गरिएको थियो।

रिसर्च बन्द गर्ने निर्णयले अडानी समूहका सेयर मूल्यमा तीव्र वृद्धि भएका छन्। एन्डरसनका अनुसार हिन्डनबर्ग रिसर्चको कामका कारण १०० भन्दा बढी व्यक्तिहरूलाई नागरिक र आपराधिक आरोपमा चार्ज गरिएको छ, जसमा अर्बपतिहरू र ओलिगार्कहरू पनि समावेश छन्।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर