देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
Advertisement Ads

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज धेरैजसो स्थानमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर र पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ सरेको छ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

देशका पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बादल लागिरहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। अन्य पहाडी तथा तराईका थोरै स्थानहरूमा भने चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स