नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ सम्पन्न भएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइ गरिएको हो।
यसअघि, गत जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउँदै “कारण देखाऊ” आदेश जारी गरेको थियो। त्यसपछि चार पटक पेसी तोकिए पनि, दुई पटक हेर्न नभ्याइने, एक पटक हेर्न नमिल्ने तथा अन्तिम पटक असार १० गते मिसिलसहित पेश गर्न आदेश दिइएको थियो।
गएको जेठ १३ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आवश्यक विज्ञता नपुगेको व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको भन्दै नियुक्तिलाई गैरकानुनी ठहर गरिएको छ।
रिटमा पौडेलको सिफारिस, नियुक्ति र शपथसमेत सम्पूर्ण प्रक्रिया अवैधानिक भएको दाबी गर्दै त्यसको बदरको माग गरिएको छ।















प्रतिकृया