नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर गरिएको रिटमा आजका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। नियुक्तिको दोस्रो दिनमै दर्ता भएको उक्त रिट मंगलबार पेस भएको हो, जसमा बुधबार (आज) सुनुवाइ हुने तय गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। रिटकर्तामध्येका एक अधिवक्ता अनन्त लुइँटेलले यसबारे जानकारी दिएका हुन्।
उक्त रिटमा गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका डा. पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्त गरिएको आरोप लगाइएको छ। साथै, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक योग्यता नपुगेको, नियुक्ति प्रक्रिया पारदर्शी नभएको, र यसले सुशासनको उल्लंघन गरेको दाबी गरिएको छ।
संवेदनशील निकायमा यस्तो प्रक्रियाविपरीत नियुक्ति हुनु अनुचित भएको भन्दै रिटकर्ताले नियुक्ति बदर गर्न माग गरेका छन्। साथै, डा. पौडेलको निरन्तरतामाथि रोक लगाउन अन्तरिम आदेशको माग समेत गरिएको छ।
डा. विश्वनाथ पौडेल जेठ ६ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया