सेयरबजार उच्च अंकले बढ्यो, परिसूचक संगसंगै कारोबार रकममा पनि सुधार

सेयरबजार उच्च अंकले बढ्यो, परिसूचक संगसंगै कारोबार रकममा पनि सुधार
Advertisement Ads

आज नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह बढेको छ भने सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। दिनभर ६ अर्ब ३० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनआरएनको भएको छ। यस दिन ३१२  कम्पनीको १ करोड ५४ लाख सेयर कारोबार भएको छ्।

अघिल्लो दिन सामान्य अङ्कले बढेको बजारमा आज भने उच्च बृद्धि देखिएको छ। आज नेप्से परिसूचक संगसंगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ४  अर्बमा सीमित रहेको कारोबार आज ६ अर्ब पुगेको छ।

नेप्से ४९.१२अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ४९.१२ अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने २२६ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: आत्मनिर्भर लघुवित्त,  सुपर मादी हाइड्रोपावर, सहास उर्जा , माया खोला हाइड्रोपावर, र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।
TOP GAINERS 4 https://bajarkochirfar.com/he-stock-market-rose-by-higher-points-along-with-the-index-the-turnover-also-improved | %tags

नेप्से ४९.१२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ४९.१२ अंकले बढ्दा १२ कम्पनीको सेयरमूल्य घटेको छ। आज घटनेमा क्रमश: उपकार लघुवित्त, सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, इन्ग्वा हाइड्रोपावर, र स्वाभिमान लघुवित्त रहेको छ।

TOP LOSERS 5 https://bajarkochirfar.com/he-stock-market-rose-by-higher-points-along-with-the-index-the-turnover-also-improved | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स