insta insta

गोर्खाज फाइनान्सले टुंग्यायो सीइओ, ज्ञानेन्द्र इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सले टुंग्यायो सीइओ, ज्ञानेन्द्र इवाहाङ नियुक्त
Advertisement Ads

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको आजको संचालक समितिको बैठकले उनलाई आगामी चैत्र ११ गतेदेखि ४ वर्षको कार्यकालका लागि सीइओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

ज्ञानेन्द्र इवाहाङ हाल फाइनान्सको सिनियर म्यानेजरको रूपमा कार्यरत छन्। यसअघि, कम्पनीले सीइओमा प्रकाश चन्द्र अधिकारीलाई नियुक्ति गरेको थियो। अधिकारीले संचालक समितिबाट सर्वसम्मत निर्णय नभएको भन्दै पद स्वीकार गर्न असमर्थता जनाएका थिए। अधिकारीको उक्त निर्णय पछि कम्पनीको २०८१ चैत्र ६ गतेको ५१० औं बैठकले अधिकारीको नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।

Screenshot 23 3 2025 123552 nepalstock.com .np https://bajarkochirfar.com/gurkhas-finance-finalizes-ceo-appoints-gyanendra-iwahang | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स