गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर (१:१ अनुपात) जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
साथै, अधिकृत, जारी वा चुक्ता पुँजी वृद्धि आवश्यक भएमा प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत, र चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि पारित भएका छन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया