उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजारमा देखिएको हरियाली सुखद् संकेत भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सुस्ताएको र आरालो अवस्थामा पुगेको बजारले अहिले नयाँ आशा र सम्भावना देखाएको उल्लेख गरे।
पछिल्लो समय वस्तु निर्यातमा पनि सफलता मिलेको भन्दै उनले यसको श्रेय निजी क्षेत्रको योगदानलाई दिए। मन्त्री भण्डारीले सरकारले गरेका नीतिगत सुधारहरूमार्फत सकारात्मक सन्देश प्राप्त भएको बताए। अघिल्लो कानुनले व्यवसायीलाई २० प्रतिशतभन्दा बढी मुनाफा लिन नदिएको र त्योभन्दा माथि मुनाफा कालोबजारी ठहरिने व्यवस्था रहेको भन्दै उनले अब त्यो ऐन खारेज गरिएको जानकारी दिए। यो कदमले बजार र व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ थियो।
साथै, सरकारले व्यवसायीका लागि लगानीमैत्री वातावरण तयार गर्नेतर्फ ध्यान दिएको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रको लगानी संरक्षणमा सरकार प्रतिवद्ध रहेको स्पष्ट गरे। कालोबजारी नियन्त्रण तथा वस्तुको गुणस्तर कायम गर्न एमआरपी अनिवार्य गरिएको जानकारी पनि उनले दिए।



















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया