जारी रह्यो हरियाली, झिनो अंकले नेप्से बढ्दा ९ अर्ब बढीको कारोबार
आज नेप्से परिसूचक २.४० अङ्कले बढेर २७०६.३६ मा बन्द भएको छ। १३ उपसमूह ५ उपसमूह बाहेक सबै बढेका छन् । आज ९ अर्ब ५० करोड कारोबार भएको छ। यस दिन ३१८ कम्पनीका २ करोड ७१ लाख हजार सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से २.४० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २.४० अङ्कले बढ्दा ८७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल फाइनान्स, गार्डियन माइक्रो लाइफ, राप्ती हाइड्रो, अपर हेवाखोला, भूगोल इनर्जी, र जानकी फाइनान्स रहेको छ।
नेप्से २.४० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २.४० अङ्कले बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, खानीखोला हाइड्रोपावर, शिव श्री हाइड्रोपावर र युनियन हाइड्रोपावर रहेको छ।