उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै निर्माण गरिने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा बजेट सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा देखिएका बाधा हटाएर सरकार अघि बढ्ने बताए।
उनका अनुसार बजेट व्यवहारिक र वस्तुनिष्ठ हुनेछ, र कार्यान्वयनबाट मुलुक र जनताले प्रत्यक्ष प्रतिफल पाउने छन्। पौडेलले छलफलबाट आएका सुझावहरू बजेट निर्माणमा समावेश गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले वर्तमान विकासको ढाँचा, गति र संस्कृतिमा परिवर्तन आवश्यक रहेको भन्दै त्यसैको अनुभूतिमा आधारित भएर सिद्धान्त र प्राथमिकता तय गरिएको जानकारी दिए। नीति तथा कार्यक्रमसँग यसको समन्वय गरिएको समेत उनले उल्लेख गरे।
साथै, प्रस्तुत सिद्धान्त र प्राथमिकताले सन्तुलित र समावेशी विकास, रोजगारी, स्वरोजगारी तथा गरिबी निवारणलाई प्राथमिकता दिएको समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया