शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारीहरूका पार्टीगत संगठनहरूलाई मान्यता नदिने निर्णय गरेको छ। आइतबार सूचना जारी गर्दै मन्त्रालयले शिक्षकको पेसागत आचरणविपरीत राजनीतिक गतिविधि बढ्दै गएको र त्यसले शैक्षिक गुणस्तरमा नकारात्मक असर पारेको जनाउँदै यस्ता संगठनहरूलाई मान्यता नदिइने स्पष्ट पारेको हो।
शिक्षामन्त्री महावीर पुनले राजनीतिक क्रियाकलापमा संलग्न हुने शिक्षक वा कर्मचारीलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसमेत गर्न सकिने चेतावनी दिएका छन्। उनले कुनै पनि पेसागत ऐनले शिक्षक वा कर्मचारीलाई पेसागत हकहितका बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको पनि बताएका छन्।
त्यस्तै, मन्त्रालयले शिक्षक महासंघसहितका सबै संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक चरित्रका बनाउन कानुनी प्रबन्धसहित पुनर्गठन गर्नुपर्ने उल्लेख गरेको छ।




















प्रतिकृया