आईटी क्षेत्रमा काम गर्नेलाई सरकारले महिनाकै २ लाख तलब दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
आईटी क्षेत्रमा काम गर्नेलाई सरकारले महिनाकै २ लाख तलब दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई मासिक २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरिने घोषणा गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यसबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स