नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकका लागि न्यूनतम तलब एक हजार दिराम तोकेको छ। श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार अब योभन्दा कम तलब प्रस्ताव गर्ने रोजगारदाताको मागपत्र दूतावासले प्रमाणीकरण गर्ने छैन।
अदक्ष श्रमिकको तलब १,०००, अर्धदक्षको १,२०० र दक्ष श्रमिकको १,५०० दिराम निर्धारण गरिएको छ। यो निर्णय नेपाली दूतावासको सिफारिसमा गरिएको हो र हाल यूएईमा करिब ७ लाख नेपाली श्रमिक कार्यरत छन्।
















प्रतिकृया