नेपाल सरकारको युवा, श्रम तथा स्वरोजगार मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले विभिन्न विषयमा आधारभूत तालिम लिएका तर सीप परीक्षण नगराएका प्रशिक्षार्थीहरूका लागि निःशुल्क सीप परीक्षण (Skill Test) को अवसर प्रदान गरेको छ। यसअघि प्रकाशित सूचना अनुसार पर्याप्त आवेदन नपरेकाले आवेदन दिने म्याद जेठ २५ गतेसम्मका लागि थप गरिएको छ। सीप परीक्षण हुने प्रमुख विषयहरूमा विद्युत जडान, व्युटिसियन, मोटरसाइकल मर्मत, प्लम्बिङ्ग, कटाई सिलाई, जुनियर फिसरी टेक्निसियन, मन्टेश्वरी, कम्प्युटर हार्डवेयर, फेसन डिजाइन, हेयर कटिङ्ग र क्यामेरा पर्सन रहेका छन्। आवेदनका लागि नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, यसै केन्द्रबाट ३९० घण्टाको आधारभूत तालिम लिएको प्रमाण-पत्र र २ प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ।
थप सुचनामा:

