खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा १ अर्ब २४ करोड ऋण लगानी गर्दै एनएमबी बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा १ अर्ब २४ करोड ऋण लगानी गर्दै एनएमबी बैंक
AdvertisementAds

दोलखा र रामेछापमा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाका लागि वन्डर्स ईनर्जी प्रा. लि. र एनएमबी बैंकबीच १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ।

सम्झौतापत्रमा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल ईनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ हुँदै बग्ने खिम्ती–घ्वाङ् खोलामा निर्माण भइरहेको आयोजना २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ। साथै आवश्यक जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग, गोदामघर र आवास गृह निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको ठेक्का सम्झौतासमेत सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालका अनुसार आयोजनाको कुल लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग सम्झौता भएको हो। बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम असोजभित्र व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए।

उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपालमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये हाइड्रो सेलेक्ट टुल्स अनुसरण गर्दै सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर निर्माण हुने पहिलो आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स