SHAREHUB SHAREHUB
Closed 136 days ago

तेमाल गाउँपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उद्यमशीलता तालिमका लागि आवेदन आह्वान

temal rural municipality feature https://bajarkochirfar.com/government-scheme/temal-rural-municipality-invites-applications-for-entrepreneurship-training-for-returnee-migrant-workers/ | %tags

तेमाल गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका ६३ जना व्यक्तिका लागि उद्यमशीलता प्रवर्द्धन सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।

Scheme Details
Department युवा, श्रम तथा रोजगार मन्त्रालय
Notice Date 01/06/2026
Deadline 09/06/2026

तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन (घरेलु तथा साना उद्योग सञ्चालन एवं व्यवस्थापन सम्बन्धी तालिम) सञ्चालन गर्न लागेको छ। यस कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट ७ जनाका दरले कुल ६३ जना सहभागी छनोट गरिनेछ। सहभागी हुन इच्छुक व्यक्तिहरूले जेठ २६ गतेसम्म रोजगार सेवा केन्द्रमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। तालिम जेठ २८ गते बिहान ११:०० बजेदेखि ४:०० बजेसम्म गाउँपालिकाको सभाहलमा आयोजना हुनेछ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैदेशिक रोजगारीबाट फर्किएको स्पष्ट कागजात (राहदानी वा श्रम स्वीकृति) र हालको सम्पर्क नम्बर तथा ठेगाना आवश्यक पर्नेछ। सहभागी हुनका लागि वडा कार्यालयबाट प्राप्त सिफारिस अनिवार्य गरिएको छ।

थप सुचनामा:

temal rural municipality https://bajarkochirfar.com/government-scheme/temal-rural-municipality-invites-applications-for-entrepreneurship-training-for-returnee-migrant-workers/ | %tags

 

Related Opportunities

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →

Organization

कागेश्वरी मनोहराका नगरबासीलाई १८ विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स