तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन (घरेलु तथा साना उद्योग सञ्चालन एवं व्यवस्थापन सम्बन्धी तालिम) सञ्चालन गर्न लागेको छ। यस कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट ७ जनाका दरले कुल ६३ जना सहभागी छनोट गरिनेछ। सहभागी हुन इच्छुक व्यक्तिहरूले जेठ २६ गतेसम्म रोजगार सेवा केन्द्रमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। तालिम जेठ २८ गते बिहान ११:०० बजेदेखि ४:०० बजेसम्म गाउँपालिकाको सभाहलमा आयोजना हुनेछ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैदेशिक रोजगारीबाट फर्किएको स्पष्ट कागजात (राहदानी वा श्रम स्वीकृति) र हालको सम्पर्क नम्बर तथा ठेगाना आवश्यक पर्नेछ। सहभागी हुनका लागि वडा कार्यालयबाट प्राप्त सिफारिस अनिवार्य गरिएको छ।
थप सुचनामा:

