बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार ‘कृषि व्यवसाय सहयोग कार्यक्रम (स्टार्टअप ग्रान्ट) – पुष्प सजावट’ का लागि प्रस्ताव आह्वान गरेको छ। यस कार्यक्रममा सहभागी हुन इच्छुक बागमती प्रदेशभित्रका १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका र न्यूनतम एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको कागजातहरू सहित निर्देशनालयमा प्रस्ताव पेश गर्नुपर्नेछ। छनौट भएका उद्यमीले सम्झौता रकमको बढीमा ५० प्रतिशत वा अधिकतम ५ लाख रुपैयाँसम्म प्रोत्साहन रकम प्राप्त गर्न सक्नेछन्।
थप सुचनामा:

