बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तालिम केन्द्र, भण्डारा, चितवनले चालु आ.व. २०८२/०८३ का लागि विभिन्न कृषकस्तर तालिमहरू सञ्चालन गर्न लागेको छ। यस अन्तर्गत व्यवसायिक च्याउ खेती, अमिलो जातका फलफूल खेती, कृषि मेशिनरी मर्मत तथा सम्भार, व्यवसायिक पुष्प खेती, र फलफूल तथा तरकारी प्रशोधन तालिम रहेका छन्। बागमती प्रदेशभित्रका १८ देखि ४५ वर्ष उमेर समूहका इच्छुक कृषक तथा उद्यमीहरूले चैत्र मसान्तभित्र अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। सहभागीहरूलाई दैनिक भत्ता र भ्रमण खर्च कार्यालयले उपलब्ध गराउनेछ। महिला, दलित र जनजातिहरूलाई छनौटमा विशेष प्राथमिकता दिइनेछ।
थप सुचनामा:

