■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Vijaya Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/१९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/०२ |
◆ संक्षिप्त जानकारी (Summary):
धुलिखेल-३, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदको पदपूर्तिका लागि १५ दिनको म्याद दिई दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, धुलिखेल वा इमेल मार्फत आवेदन दिन सक्नेछन्।
यस पदका लागि आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी, तथ्याङ्क शास्त्र, व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कानून वा सो सरहका विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ५५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका साथमा शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण (CV), कार्य अनुभव पुष्टि हुने कागजात र आफ्नो दरखास्तका साथ २५०० शब्दमा नबढ्ने गरी नेपालमा लघुवित्तको वर्तमान अवस्था, चुनौती र समस्या समाधानका उपाय सहित आगामी कार्यदिशा सम्बन्धी प्रस्ताव पेश गर्नुपर्नेछ।
छनोट प्रक्रियामा आवेदकहरूको शैक्षिक योग्यता, कार्य अनुभव र पेश गरिएको प्रस्तावको मूल्याङ्कनको आधारमा संक्षिप्त सूची (Shortlist) तयार गरी प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ। पारिश्रमिक तथा अन्य सुविधाहरू नेपाल राष्ट्र बैंकको मार्गदर्शन बमोजिम सञ्चालक समितिसँगको आपसी छलफलबाट निर्धारण गरिनेछ।
थप सुचनामा:



