■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Madi Power Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Chief Finance Officer, Electrical Operator, Hydraulic Engineer |
| ◆ रिक्त संख्या (Vacancies): | 4 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/१६ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/२२ |
◆ संक्षिप्त जानकारी (Summary):
कास्कीमा सञ्चालित माथिल्लो मादी जलविद्युत् आयोजनाले विभिन्न ४ पदका लागि दक्ष जनशक्ति माग गरेको छ।
मादी पावर प्रा. लि. ले कास्की जिल्लाको मादी गाउँपालिकामा सञ्चालित २५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत् आयोजनाका लागि विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक र योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ।
माग गरिएका पदहरूमा १ जना चिफ फाइनान्स अफिसर (CFO), २ जना इलेक्ट्रिकल अपरेटर र १ जना हाइड्रोलिक इन्जिनियर रहेका छन्। चिफ फाइनान्स अफिसरका लागि MBA वा MBS शैक्षिक योग्यताका साथै सम्बन्धित कार्यमा ५ वर्षको अनुभव र चिनियाँ एवं अंग्रेजी भाषामा दक्षता आवश्यक हुनेछ। इलेक्ट्रिकल अपरेटरका लागि इन्जिनियरिङमा डिप्लोमा तह उत्तीर्ण गरी ५ वर्षको अनुभव हुनुपर्नेछ भने हाइड्रोलिक इन्जिनियरका लागि BE उत्तीर्ण भई ३ देखि ५ वर्षको अनुभव अनिवार्य गरिएको छ। सबै पदका लागि कम्प्युटरको राम्रो ज्ञान हुनुपर्ने प्रावधान राखिएको छ।
छनोट भएका कर्मचारीहरूले आयोजनाको आवश्यकता अनुसार आयोजना स्थलमा नै रहेर काम गर्नुपर्नेछ। प्रारम्भिक नियुक्ति १ वर्षको अवधिको हुने सूचनामा उल्लेख छ। आवेदन दिन इच्छुक व्यक्तिहरूले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरू र अनुभवका कागजातहरू सहित कम्पनीको इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन्।
थप सुचनामा:



