■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Power Construction Corporation of China |
| ◆ पद (Position / Title): | Management, Engineering, Technical and Administrative Staff |
| ◆ रिक्त संख्या (Vacancies): | 136 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/१२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
रसुवा जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मे.वा.) का लागि विभिन्न ३६ विधामा १०६ भन्दा बढी कर्मचारीहरूको आवेदन आह्वान गरिएको छ।
रसुवा जिल्लाको मैलुङ्गमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण कार्यका लागि पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाले ठुलो संख्यामा दक्ष प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको माग गरेको छ। आयोजनाले व्यवस्थापकीय, इन्जिनियरिङ, प्रशासनिक र प्राविधिक विधामा गरी कुल ३६ वटा फरक-फरक पदहरूमा दरखास्त आह्वान गरेको हो।
माग गरिएका मुख्य पदहरूमा कस्ट म्यानेजर, डिजाइन म्यानेजर, साइट म्यानेजर, चिफ फाइनान्सियल अफिसर, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियर, एकाउन्ट अफिसर र सेफ्टी अफिसर रहेका छन्। यसका साथै प्राविधिक तर्फ कन्क्रीट टेक्निसियन, इलेक्ट्रिकल टेक्निसियन, फोरम्यान र मेकानिकल टेक्निसियन लगायतका पदहरूमा पनि उल्लेख्य संख्यामा कर्मचारी माग गरिएको छ। शैक्षिक योग्यताको हकमा व्यवस्थापकीय र इन्जिनियरिङ पदका लागि स्नातक वा सो सरह, अधिकृत स्तरका लागि डिप्लोमा र टेक्निसियन पदहरूको लागि व्यावसायिक तालिम वा माध्यमिक तह उत्तीर्ण हुनुपर्ने प्रावधान छ। अनुभवको हकमा पद अनुसार २ देखि ६ वर्षसम्म हाइड्रोपावर निर्माण क्षेत्रमा काम गरेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मिति (२०८३/०५/१२) ले ७ दिन भित्र उल्लेखित ठेगानामा आवेदन दिनुपर्नेछ। काम गर्नुपर्ने क्षेत्र काठमाडौँ र आयोजना स्थल (रसुवा) रहनेछ। चिनियाँ भाषाको ज्ञान भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। आवेदनका लागि आवश्यक कागजातहरू सहित ललितपुरको खुमलटारस्थित कार्यालयमा वा इमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:



