■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Rastra Bank |
| ◆ पद (Position / Title): | Cook, Sipahi, Driver (Light/Heavy), Dispenser, Office Helper |
| ◆ रिक्त संख्या (Vacancies): | 34 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | 2083/08/09 |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 2083/08/23 |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल राष्ट्र बैंकले करार सेवामा विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले बैंकका विभिन्न कार्यालयहरूमा रिक्त रहेका ६ वटा पदहरूमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन माग गरेको छ। बैंकले रक्षक (१ जना), सिपाही (४ जना), हलुका सवारी चालक (७ जना), भारी सवारी चालक (३ जना), डिस्पेन्सर (२ जना) र कार्यालय सहयोगी (१७ जना) गरी कुल ३४ जना कर्मचारी माग गरेको हो। इच्छुक नेपाली नागरिकले २०८३/०८/०९ गतेदेखि २०८३/०८/२३ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
शैक्षिक योग्यता र अनुभवको हकमा कुकका लागि SEE उत्तीर्ण र कुकको अनुभव हुनुपर्नेछ भने सिपाही र कार्यालय सहयोगीका लागि ८ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ। सवारी चालकहरूको हकमा ८ कक्षा उत्तीर्ण भई सम्बन्धित सवारी चालक अनुमति पत्र प्राप्त गरेको र कम्तीमा ३ वर्षको कार्यानुभव हुनुपर्ने प्रावधान राखिएको छ। त्यस्तै, डिस्पेन्सर पदका लागि स्टाफ नर्स वा फार्मेसी डिप्लोमा उत्तीर्ण गरी ५ वर्षको कार्य अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ। आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दस्तुर ८०० रुपैयाँ तोकिएको छ भने दरखास्त फारम बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np को ‘Career’ पोर्टलमा गएर भर्न सकिनेछ। छनोट प्रक्रियामा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता समावेश गरिएको छ। परीक्षाहरू काठमाडौंमा मात्र सञ्चालन हुनेछन्। सफल उम्मेदवारहरूले बैंकको केन्द्रीय कार्यालय वा आवश्यकता अनुसार प्रदेशस्थित कार्यालयहरूमा खटिनुपर्ने बैंकले जनाएको छ।
थप सुचनामा:



