instainsta

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

feature 1788055141303 https://bajarkochirfar.com/private-job/nadep-laghubitta-bittiya-sanstha-limited-announces-vacancy-for-chief-executive-officer-ceo/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):NADEP Laghubitta Bittiya Sanstha Limited
◆ पद (Position / Title):Chief Executive Officer (CEO)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):07/05/2083
◆ आवेदन दिने अन्तिम मिति (Close Date):Within 15 days of first publication

◆ संक्षिप्त जानकारी (Summary):

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।

धादिङको धुनिवेशी-०६ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्था नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले व्यावसायिक योजना तथा वित्तीय समावेशीकरणलाई अगाडि बढाउन योग्य र अनुभवी उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।

यस पदका लागि शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्त, अर्थशास्त्र, वाणिज्य, तथ्याङ्कशास्त्र, गणित, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अनुभवको हकमा बैंकिङ्ग वा वित्तीय वा विकास क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्नेछ, जसमध्ये कम्तीमा ५ वर्ष व्यवस्थापकीय भूमिकामा काम गरेको हुनुपर्ने उल्लेख छ। उम्मेदवारको उमेर ३५ देखि ६० वर्षको बीचमा हुनुपर्नेछ।

आवेदन दिने प्रक्रिया अन्तर्गत इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन, व्यक्तिगत विवरण (Bio-data), ४ वर्षको व्यावसायिक योजना, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभवका प्रमाणपत्रहरू र एक प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी सूचना प्रकाशित भएको १५ दिनभित्र पेश गर्नुपर्नेछ। आवेदनहरू इमेलमार्फत [email protected] मा वा संस्थाको केन्द्रीय कार्यालय धुनिवेशी-६, खानीखोला, धादिङमा गोप्य शिलबन्दी खामभित्र बुझाउन सकिनेछ। छनोट प्रक्रियामा व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश हुनेछ।

थप सुचनामा:

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायव प्रमुख कार्यकारी अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल राष्ट्र बैंकद्वारा विभिन्न ६ पदमा ३४ जना कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स