instainsta

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायव प्रमुख कार्यकारी अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान

feature 1788055673195 https://bajarkochirfar.com/private-job/mithila-laghubitta-bittiya-sanstha-ltd-announces-vacancy-for-deputy-ceo-and-other-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Mithila Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title):Nayab Pramukh Karyakari Adhikrit, Sahayak Adhikrit, Barishtha Sahayak, Sahayak, Kanishtha Sahayak
◆ रिक्त संख्या (Vacancies):Few
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/११
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/२५

◆ संक्षिप्त जानकारी (Summary):

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ५ पदका लागि इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेश कार्यक्षेत्र अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूका लागि नायव प्रमुख कार्यकारी अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०५/११) ले १५ दिनभित्र अर्थात् २०८३/०५/२५ सम्ममा आवेदन दिन सक्नेछन्।

योग्यताको हकमा नायव प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापकीय श्रेणी) का लागि व्यवस्थापन, बैंकिङ वा सम्बन्धित विषयमा स्नातकोत्तर गरी बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय श्रेणीमा कम्तीमा ७ वर्षको अनुभव माग गरिएको छ। सहायक अधिकृतका लागि स्नातक उत्तीर्ण र २ वर्षको अनुभव, वरिष्ठ सहायकका लागि +२ उत्तीर्ण र २ वर्षको अनुभव, सहायकका लागि +२ उत्तीर्ण र १ वर्षको अनुभव, र कनिष्ठ सहायकका लागि एसएलसी वा एसईई उत्तीर्ण भई अनुभव भएकालाई प्राथमिकता दिइने उल्लेख छ। वरिष्ठ सहायक भन्दा मुनिका पदहरूका लागि कम्प्युटर ज्ञान र सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ।

उमेरको हदमा नायव प्रमुख कार्यकारी अधिकृतका लागि २१-५५ वर्ष, सहायक अधिकृतका लागि २१-४५ वर्ष र सहायक श्रेणीका लागि १८-३५ वर्ष तोकिएको छ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। परीक्षा किसिम पद अनुसार व्यावसायिक योजना प्रस्तुतीकरण, अन्तर्वार्ता, प्रयोगात्मक तथा फिल्ड अवधारणा परीक्षा मार्फत गरिनेछ।

आवेदन दिन चाहने उम्मेदवारले विज्ञापन अनुसार क्रमशः १०००, ८००, ७००, ५०० र ५०० रुपैयाँ परीक्षा दस्तुर माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको संस्थाको खातामा जम्मा गरी भौचरसहित दरखास्त फारम र आवश्यक कागजातहरू [email protected] मा इमेल गर्न वा संस्थाको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा बुझाउन सक्नेछन्।

थप सुचनामा:

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायव प्रमुख कार्यकारी अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान

Related Opportunities

Organization

नेपाल राष्ट्र बैंकद्वारा विभिन्न ६ पदमा ३४ जना कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स