■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/१२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/२६ |
◆ संक्षिप्त जानकारी (Summary):
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्ति गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक आवेदकले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् २०८३/०५/२६ गते अपराह्न ४:०० बजेसम्ममा संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी-१ लोकन्थलीमा वा इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।
यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। वित्तीय संस्थाको प्रमुख वा नायब कार्यकारी अधिकृत पदमा कार्य अनुभव भएका र लघुवित्त सम्बन्धी व्यावसायिक अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ। आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ५८ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदनका साथ शैक्षिक योग्यता, कार्य अनुभव सहितको वैयक्तिक विवरण (Bio-data), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गर्नुपर्नेछ। साथै, उम्मेदवारले २५०० शब्दमा नबढ्ने गरी नेपालमा लघुवित्तको वर्तमान अवस्था, चुनौती र समस्या समाधानका उपायका सन्दर्भमा संस्थाको आगामी कार्यदिशा विषयक व्यावसायिक प्रस्ताव (Business Proposal) समेत पेस गर्नुपर्नेछ।
छनोट प्रक्रिया अन्तर्गत शैक्षिक योग्यता, कार्य अनुभव र पेस गरिएको व्यावसायिक प्रस्तावका आधारमा उम्मेदवारहरूको संक्षिप्त सूची (Short Listing) तयार गरिनेछ। संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई प्रस्तुतीकरण (Presentation) तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ। पारिश्रमिक तथा अन्य सुविधाहरू आपसी समझदारीमा तय गरिने जानकारी सूचनामा उल्लेख गरिएको छ।
थप सुचनामा:



