instainsta

सरकारले विद्युतीय कारोबारमा लाग्ने भ्याट हटायो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
सरकारले विद्युतीय कारोबारमा लाग्ने भ्याट हटायो
AdvertisementAds

सरकारले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) गर्दा लाग्ने सेवाशुल्कमा अबदेखि भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अन्तर बैंक रकम ट्रान्सफरमा लाग्दै आएको भ्याट  हटाएका हुन्।

बजेटबाट अन्तरबैंक डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने तयारीमा सरकार

 

हाल क्युआर कोडबाट पैसा तिर्दा २ देखि १० रुपैयाँ सेवा शुल्क र त्यसमा १३ प्रतिशत भ्याटसमेत तिर्नुपर्छ। यसरी कारोबार गर्दा ११ रुपैयाँ ३० पैसा सम्म तिर्नुपर्ने भएकाले धेरैले गुनासो गर्दै आएका थिए। यसअघि शुल्क मात्रै लिंदै आएकोमा पुष्पकमल दाहाल नेतृत्त्वको तत्कालिन सरकारले चालू आर्थिक वर्षदेखि डिजिटल कारोबारमा पनि भ्याट लागू गरेको थियो ।

डिजिटल कारोबार महँगो भएपछि चौतर्फी गुनासो बढेको थियो, पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु साना डिजिटल कारोबारलाई नि : शुल्क गर्नलाई सम्बन्धित अधिकारीहरुसँग छलफल गरिरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स