SHAREHUB SHAREHUB

सरकारले सार्वजनिक गर्यो सहकारीको ऋण नतिर्ने ऋणीहरुको नाम

Advertisement Ads
सरकारले सार्वजनिक गर्यो सहकारीको ऋण नतिर्ने ऋणीहरुको नाम
Advertisement Ads

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ। समितिका अनुसार बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।

समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ। जारी सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरिएको छ।

समितिले तोकिएको समयमा ऋण भुक्तानी नगरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै अन्य ऋणीहरूको नामावली पनि चरणबद्ध रूपमा सार्वजनिक गरिने भएकाले सम्बन्धित सबैलाई छिटो सम्पर्क गरी ऋण तिर्न आग्रह गरिएको छ।

बुधबार सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

download https://bajarkochirfar.com/government-publishes-names-of-cooperative-borrowers-who-have-defaulted-on-loans | %tags

Advertisement Ads

download 1 https://bajarkochirfar.com/government-publishes-names-of-cooperative-borrowers-who-have-defaulted-on-loans | %tags

download 3 https://bajarkochirfar.com/government-publishes-names-of-cooperative-borrowers-who-have-defaulted-on-loans | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स