व्यवसायिक प्रशिक्षण केन्द्र इटहरीद्वारा विभिन्न ७ विषयमा नि:शुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

feature 1785832491485 https://bajarkochirfar.com/government-job/vocational-training-centre-itahari-announces-free-skill-based-training-programs-in-various-fields/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरी
◆ पद (Position / Title):टेलरिङ्ग, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाई सिलाई, वेल्डिङ इलेक्ट्रिसियन, वारिष्टा, केयर गिभर
◆ रिक्त संख्या (Vacancies):१४०
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०४/१९
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/०२

◆ संक्षिप्त जानकारी (Summary):

नेपाल सरकारको व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीले विभिन्न सीपमूलक विषयहरूमा नि:शुल्क तालिम प्रदान गर्न इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

नेपाल सरकार, युवा, श्रम तथा स्वरोजगार मन्त्रालय अन्तर्गतको व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरी, सुनसरीले विभिन्न सातवटा प्राविधिक तथा व्यवसायिक विषयहरूमा नि:शुल्क तालिम सञ्चालन गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ। केन्द्रले टेलर (बेसिक कटाई सिलाई), कमी (कुक), सहायक ब्युटिसियन, कटाई सिलाई (एडभान्स), वेल्डिङ इलेक्ट्रिसियन, वारिष्टा र केयर गिभर विषयमा तालिम प्रदान गर्न लागेको हो। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।

तालिमका लागि न्यूनतम शैक्षिक योग्यता विषय अनुसार कक्षा ८ उत्तीर्ण देखि एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण हुनुपर्ने तोकिएको छ। आवेदन दिन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोट प्रक्रिया अन्तर्वार्ताको माध्यमबाट गरिनेछ भने विपन्न, दलित, अपाङ्ग, शहीद परिवार, एकल महिला र पिछडिएको क्षेत्रका व्यक्तिहरूलाई छनोटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले २०८३ भदौ २ गतेभित्र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको कार्यालयमा आवेदन फारम बुझाउनुपर्नेछ। आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। एडभान्स विषयको लागि सम्बन्धित विषयमा बेसिक तालिम लिएको प्रमाणपत्र समेत आवश्यक पर्नेछ। तालिममा सहभागी हुने प्रशिक्षार्थीहरूलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइने र बस्ने तथा खाने व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्ने केन्द्रले जनाएको छ।

थप सुचनामा:

व्यवसायिक प्रशिक्षण केन्द्र इटहरीद्वारा विभिन्न ७ विषयमा नि:शुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Related Opportunities

होमपेजबिज शर्ट्स