Closing in 9 days

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारी माग

upakar laghubitta bittiya sanstha limited feature 1 https://bajarkochirfar.com/government-job/upakar-laghubitta-bittiya-sanstha-limited-announces-vacancies-for-multiple-positions/ | %tags

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत, कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department Upakar Laghubitta Bittiya Sanstha Limited
Notice Date 06/07/2026
Deadline 21/07/2026

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त प्रदेश स्तरको वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

संस्थाले विज्ञापन नं. ३/२०८२/२०८३ अन्तर्गत अधिकृत श्रेणीको ‘अधिकृत’ पदका लागि केही संख्यामा कर्मचारी मागेको छ। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तीमा २ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ। त्यस्तै, विज्ञापन नं. ४/२०८२/२०८३ अन्तर्गत ‘कनिष्ठ अधिकृत’ पदका लागि पनि स्नातक तह उत्तीर्ण र बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यअनुभव माग गरिएको छ। विज्ञापन नं. ५/२०८२/२०८३ अन्तर्गत ‘कनिष्ठ सहायक/प्रशिक्षार्थी कनिष्ठ सहायक’ पदका लागि एस.एल.सी. वा सो सरह उत्तीर्ण हुनुपर्नेछ। कनिष्ठ सहायकको हकमा ६ महिनाको अनुभव आवश्यक पर्नेछ भने प्रशिक्षार्थीको हकमा अनुभव आवश्यक पर्ने छैन।

उमेरको हदतर्फ अधिकृत श्रेणीका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। छनोट प्रक्रियामा अधिकृत र कनिष्ठ सहायकका लागि अन्तर्वार्ता हुनेछ भने प्रशिक्षार्थी कनिष्ठ सहायकको हकमा लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता लिइनेछ। परीक्षा दस्तुर अधिकृत श्रेणीका लागि रु. ५०० र सहायक श्रेणीका लागि रु. ३०० तोकिएको छ।

योग्य उम्मेदवारले संस्थाको इमेल [email protected] वा आधिकारिक वेबसाइट ulbsl.com.np को ‘Career’ सेक्सनमा गई अनलाइन फारम भर्न सक्नेछन्। साथै, दरखास्त फारम संस्थाको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरूबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। दरखास्तका साथमा आवश्यक शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू संलग्न गर्नुपर्नेछ।

थप सुचनामा:

upakar laghubitta bittiya sanstha limited 1 https://bajarkochirfar.com/government-job/upakar-laghubitta-bittiya-sanstha-limited-announces-vacancies-for-multiple-positions/ | %tags

Related Opportunities

Organization

ललितपुर महानगरपालिकाले माग्यो ठुलो संख्यामा कर्माचारी, साधारण लेखपढ गर्न जान्नेले पनि आवेदन दिन पाउने

Deadline : Refer to Notice
View Details →

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

गोरखापत्र संस्थानद्वारा ७४ जिल्ला र ७ प्रदेश राजधानीका लागि स्थानीय समाचार दाता माग

Deadline : 16 Jul, 2026
View Details →

अर्थ मन्त्रालय

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : 31 Jul, 2026
View Details →

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

राससले माग्यो देशभरका लागि ठुलो संख्यामा कर्मचारी, एसईई पास भएकाले पनि आवेदन दिन पाउने

Deadline : 16 Jul, 2026
View Details →

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

गोरखापत्र संस्थानद्वारा समाचारदाता, सहायक समाचारदाता र सहायक फोटोग्राफर पदमा दरखास्त आह्वान

Deadline : 14 Jul, 2026
View Details →

Organization

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो १८० जना कर्मचारी , +२ पास भएकाले पनि आवेदन दिन पाउने

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स