Closed 79 days ago

टोखा चण्डेश्वरी अस्पताल, काठमाडौँमा विभिन्न पदमा कर्मचारी माग: स्वास्थ्यकर्मीहरूका लागि अवसर

tokha chandeshwori hospital kathmandu feature https://bajarkochirfar.com/government-job/tokha-chandeshwori-hospital-vacancy-openings-for-medical-and-health-staff/ | %tags

टोखा चण्डेश्वरी अस्पतालले ७ जना स्वास्थ्यकर्मीहरूलाई करार सेवामा भर्ना गर्न आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Department स्वास्थ्य मन्त्रालय
Notice Date 05/07/2026
Deadline 19/07/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको टोखा चण्डेश्वरी अस्पताल, काठमाडौँले आर्थिक वर्ष २०८३/८४ को लागि रिक्त पदहरूमा कर्मचारी आवश्यक भएको सूचना जारी गरेको छ। अस्पतालले मेडिकल अधिकृत १ जना, रेडियोग्राफर १ जना, हेल्थ असिस्टेन्ट १ जना, स्टाफ नर्स १ जना, ल्याब असिस्टेन्ट २ जना र फार्मेसी सहायक १ जना गरी कुल ७ जना कर्मचारी करार सेवामा माग गरेको हो। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८३/०४/०४ सम्म) आवश्यक कागजात सहित अस्पतालको प्रशासन शाखामा आवेदन दिन सक्नेछन्। शैक्षिक योग्यताको हकमा लोकसेवा आयोगले तोके बमोजिम हुनुपर्नेछ भने उमेर १८ देखि ४० वर्षको बीचमा हुनुपर्नेछ। आवेदन शुल्क अधिकृत तहका लागि रु १,२०० र सहायक तहका लागि रु ७०० तोकिएको छ। छनोट प्रक्रिया अन्तर्वार्ता मार्फत गरिनेछ।

थप सुचनामा:

tokha chandeshwori hospital kathmandu https://bajarkochirfar.com/government-job/tokha-chandeshwori-hospital-vacancy-openings-for-medical-and-health-staff/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स