राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८३/०८४ का लागि देशभरका ७७ वटै जिल्लाहरूमा स्थानीय समाचारदाता (स्ट्रिन्जर) र फोटोपत्रकार नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। सूचना प्रकाशित भएको मिति (२०८३/०३/२६) ले ७ दिनभित्र अर्थात् २०८३ असार मसान्तसम्म आवेदन दिइसक्नुपर्नेछ।
माग गरिएको पद संख्याको विवरण अनुसार काठमाडौँ उपत्यका बाहेकका ७४ जिल्लामा १/१ जना स्थानीय समाचारदाता माग गरिएको छ। सङ्घीय राजधानी अन्तर्गत काठमाडौँमा ६ जना स्थानीय समाचारदाता र ४ जना फोटोपत्रकार, ललितपुरमा २ जना स्थानीय समाचारदाता र १ जना फोटोपत्रकार, तथा भक्तपुरमा १ जना स्थानीय समाचारदाता र १ जना फोटोपत्रकार माग गरिएको छ। यसैगरी प्रदेश राजधानीहरू (विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढी) मा १/१ जना स्थानीय समाचारदाता र १/१ जना फोटोपत्रकार नियुक्त गरिनेछ।
न्यूनतम शैक्षिक योग्यता र अनुभवका हकमा प्रविणता प्रमाणपत्र तह (१०+२) उत्तीर्ण गरी कम्तीमा तीन वर्ष पत्रकारिता गरेको वा एसएलसी/एसईई उत्तीर्ण भई कम्तीमा पाँच वर्ष पत्रकारिता गरेको हुनुपर्नेछ। स्नातक वा स्नातकोत्तर उत्तीर्णको हकमा भने कम्तीमा एक वर्षको पत्रकारिता अनुभव भए पुग्नेछ। पत्रकारिता विषय अध्ययन गरेका र मल्टिमिडियामा दखल भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
आवेदनका लागि आफूले कार्य गर्न चाहेको जिल्ला वा प्रदेश राजधानी खुलाइएको निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू र वैयक्तिक विवरण (CV) पेस गर्नुपर्नेछ। नियुक्त हुने कर्मचारीको कार्य अवधि बढीमा एक वर्षको हुनेछ र पारिश्रमिक समितिको निर्धारण बमोजिम हुने सूचनामा उल्लेख छ।
थप सुचनामा:

