राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो १८० जना कर्मचारी , +२ पास भएकाले पनि आवेदन दिन पाउने

feature 1783336558574 https://bajarkochirfar.com/government-job/national-statistics-office-seeks-180-employees-2-pass-candidates-can-also-apply/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Statistics Office (NSO)
◆ पद (Position / Title):Coder and Data Entry Operator
◆ रिक्त संख्या (Vacancies):१८०
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३।०३।२२
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ साउन ४

◆ संक्षिप्त जानकारी (Summary):

राष्ट्रिय तथ्याङ्क कार्यालयले करार सेवामा कोडर र डाटा इन्ट्री अपरेटर पदका लागि आवेदन माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीले राष्ट्रिय आर्थिक गणना, २०८२ को तथ्याङ्क प्रविष्टी कार्यका लागि करार सेवामा जनशक्ति माग गरेको छ। कार्यालयले ६० जना कोडर र १२० जना डाटा इन्ट्री अपरेटर गरी कुल १८० जना कर्मचारी नियुक्ति गर्न सूचना प्रकाशित गरेको हो। यो सूचना पहिलो पटक २०८३।०३।२२ मा सार्वजनिक गरिएको हो।

कोडर पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने डाटा इन्ट्री अपरेटरका लागि १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ। कोडरको हकमा आवेदन दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको र डाटा इन्ट्री अपरेटरको हकमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ। राष्ट्रिय आर्थिक गणना, २०७५ मा गणक वा सुपरिवेक्षकको रूपमा कार्य अनुभव भएका व्यक्तिहरूलाई छनौट प्रक्रियामा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साउन ४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। दरखास्त फाराम कार्यालयको वेबसाइट nsonepal.gov.np वा ec.nsonepal.gov.np बाट डाउनलोड गर्न सकिनेछ। भरिएको दरखास्त फारामका साथमा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, अनुभवको प्रमाणपत्र र डाटा इन्ट्री अपरेटरका लागि कम्प्युटर तालिमको प्रमाणपत्र संलग्न गरी राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा बुझाउनुपर्नेछ। छनौट विधिमा सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता समावेश गरिएको छ।

थप सुचनामा:

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा कोडर र डाटा इन्ट्री अपरेटर पदका लागि १८० जनाको दरखास्त आह्वान

Related Opportunities

होमपेजबिज शर्ट्स