राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

feature 1786082922788 https://bajarkochirfar.com/government-job/national-information-commission-invites-applications-for-chief-information-commissioner-and-information-commissioners/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Information Commission
◆ पद (Position / Title):Chief Information Commissioner and Information Commissioners
◆ रिक्त संख्या (Vacancies):3
◆ आवेदन खुल्ने मिति (Open Date):२०८१/०४/२२
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८१/०४/२८

◆ संक्षिप्त जानकारी (Summary):

राष्ट्रिय सूचना आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिले प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि आवेदन माग गरेको छ।

राष्ट्रिय सूचना आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले एक जना प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्त (जसमा कम्तीमा एक जना महिला रहने गरी) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र योग्य नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (CV), शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरू लगायतका आवश्यक कागजातहरू सहित काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय सूचना आयोगको कार्यालयमा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ। साथै, आयोगको आधिकारिक इमेल [email protected] मार्फत पनि आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ।

आवेदन बुझाउने अन्तिम मिति २०८१ साल साउन २८ गतेसम्म तोकिएको छ। योग्यता, कार्यक्षेत्र र अन्य विस्तृत जानकारीका लागि आयोगको वेबसाइट www.nic.gov.np मा हेर्न सकिनेछ।

थप सुचनामा:

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Related Opportunities

होमपेजबिज शर्ट्स