Closed 123 days ago

परराष्ट्र मन्त्रालयद्वारा विभिन्न देशका लागि नेपाली राजदूत पदमा आवेदन आह्वान

ministry of foreign affairs government of nepal feature https://bajarkochirfar.com/government-job/ministry-of-foreign-affairs-calls-for-applications-recommendations-for-ambassador-of-nepal-positions/ | %tags

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त राजदूत पदमा योग्य नेपाली नागरिकहरूबाट आवेदन तथा सिफारिस माग गरेको छ।

Recruitment Summary
Department परराष्ट्र मन्त्रालय
Notice Date 28/05/2026
Deadline 05/06/2026

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालनका लागि विभिन्न मुलुकहरूमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि इच्छुक र योग्य उम्मेदवारहरू आफैले आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा निकायले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ बमोजिम आवश्यक योग्यता पुगेका उम्मेदवारहरूले मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत आफ्नो व्यक्तिगत विवरण (CV/Bio-data) र अन्य आवश्यक कागजात पेश गर्नुपर्नेछ। प्राप्त आवेदनहरूबाट मन्त्रालयले प्रारम्भिक सूची (Shortlist) तयार गरी योग्यता र उपयुक्तताका आधारमा छनोट प्रक्रिया अगाडि बढाउनेछ। आवेदन बुझाउने अन्तिम मिति २०८३ साल जेठ २२ गते (५ जुन २०२६) अपराह्न १७:०० बजेसम्म तोकिएको छ।

थप सुचनामा:

ministry of foreign affairs government of nepal https://bajarkochirfar.com/government-job/ministry-of-foreign-affairs-calls-for-applications-recommendations-for-ambassador-of-nepal-positions/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स