insta insta
Closed 32 days ago

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

ministry of finance feature https://bajarkochirfar.com/government-job/ministry-of-finance-invites-applications-for-ceo-of-deposit-and-credit-guarantee-fund/ | %tags

नेपाल सरकार, अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department अर्थ मन्त्रालय
Notice Date 11/07/2026
Deadline 31/07/2026
Official Link Visit Website

नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न सूचना प्रकाशित गरिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३/०३/२७) ले २१ दिनभित्र अर्थात् २०८३/०४/१५ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

योग्यता र अनुभवको हकमा उम्मेदवारले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ४९ को उपदफा (३) बमोजिमको योग्यता र अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै, सोही ऐनको दफा ९ बमोजिम अयोग्य नठहरिएको हुनुपर्ने र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिमको योग्यता पुगेको र दफा ४ बमोजिम अयोग्य नभएको हुनुपर्ने प्रावधान राखिएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, कार्यअनुभवका कागजातहरू, दुई प्रति पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगानासहितको विस्तृत वैयक्तिक विवरण (Bio-Data) पेस गर्नुपर्नेछ। यसका साथै, उम्मेदवारले कोषको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी पाँच हजार शब्दमा नबढ्ने गरी तयार पारिएको व्यवसायिक कार्ययोजना (Business Action Plan) का तीन प्रति गोप्य सिलबन्दी खाममा पेस गर्नुपर्नेछ। खामको बाहिर “निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदका लागि व्यावसायिक कार्ययोजना” उल्लेख गर्नुपर्नेछ।

उम्मेदवारले व्यावसायिक कार्ययोजनाको कुनै पनि पृष्ठमा आफ्नो नाम वा पहिचान खुल्ने संकेत राख्न पाउने छैनन्। हाल कुनै निकायमा सेवारत रहेका उम्मेदवारले आफ्नो विभागीय स्वीकृति पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। दरखास्त अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा बुझाउनुपर्नेछ।

थप सुचनामा:

ministry of finance https://bajarkochirfar.com/government-job/ministry-of-finance-invites-applications-for-ceo-of-deposit-and-credit-guarantee-fund/ | %tags

Related Opportunities

Organization

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स