बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको धादिङ अस्पतालले रिक्त रहेका विभिन्न विशेषज्ञ चिकित्सक पदहरूमा करार सेवा मार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले कन्सल्टेन्ट पिडियाट्रिसियन (२ जना), कन्सल्टेन्ट जनरल फिजिसियन (१ जना), कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (१ जना), कन्सल्टेन्ट रेडियोलोजिष्ट (२ जना), कन्सल्टेन्ट साइक्याट्रिक्स (१ जना) र कन्सल्टेन्ट ऐनेस्थेसियोलोजिष्ट (१ जना) गरी कुल ८ जना चिकित्सकहरूको माग गरेको हो। योग्यता पुगेका २१ वर्ष पुरा भएका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (जेठ ६ गते सम्म) अस्पताल प्रशासनमा आवेदन दिन सक्नेछन्। आवेदनका लागि नवौँ तहको तोकिएको रु. २००० परीक्षा शुल्क राष्ट्रिय वाणिज्य बैंकमा रहेको अस्पतालको राजस्व खातामा जम्मा गरी सक्कल भौचर सहित व्यक्तिगत विवरण, शैक्षिक योग्यता र काउन्सिल दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
थप सुचनामा:

