वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

feature 1787213151609 https://bajarkochirfar.com/government-job/alternative-energy-promotion-centre-announces-vacancies-for-36-clean-cooking-solutions-mobilizers/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Alternative Energy Promotion Centre (AEPC)
◆ पद (Position / Title):Clean Cooking Solutions Mobilizer
◆ रिक्त संख्या (Vacancies):३६ (१८ खुल्ला र १८ महिला)
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/०४
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/१८

◆ संक्षिप्त जानकारी (Summary):

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लाका स्थानीय तहमा काम गर्न ३६ जना स्वच्छ ऊर्जा परिचालक पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले हरित जलवायु कोषको सहयोगमा सञ्चालित ‘Mitigating GHG emission through modern, efficient and climate friendly clean cooking solutions (CCS)’ कार्यक्रमका लागि सेवा करारमा कर्मचारी माग गरेको छ। तराईका २२ जिल्लाका १५० स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नका लागि ३६ जना ‘Clean Cooking Solutions Mobilizer’ (स्वच्छ ऊर्जा परिचालक) को आवश्यकता रहेको सूचनामा उल्लेख छ। जसमा खुल्ला तर्फ १८ जना र महिला तर्फ १८ जनाका लागि सिट सुरक्षित गरिएको छ।

योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (Intermediate) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नवीकरणीय ऊर्जाको क्षेत्रमा वा सामाजिक परिचालन वा व्यवसाय प्रवर्द्धन/बजारीकरणको क्षेत्रमा कम्तीमा २ वर्ष कार्य गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ। छनोट भएका उम्मेदवारहरूले तोकिएको स्थानीय तहमा रही कार्य गर्नुपर्ने केन्द्रले जनाएको छ।

इच्छुक र योग्य नेपाली नागरिकहरूले आफ्नो कार्य अनुभव, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित सूचना प्रकाशित मिति (२०८३/०५/०४) ले १५ दिनभित्र अर्थात् २०८३ भदौ १८ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। आवेदन आवेदन केन्द्रको कार्यालय ताहाचलमा भौतिक रूपमा वा इमेल ठेगाना [email protected] मार्फत पेश गर्न सकिनेछ। जनशक्ति छनोटको माध्यम शैक्षिक योग्यता र अनुभवको आधारमा सर्टलिस्ट तयार गरी लिखित परीक्षा र अन्तर्वार्ताबाट गरिनेछ।

लिखित परीक्षाको पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइट www.aepc.gov.np बाट प्राप्त गर्न सकिनेछ। पारिश्रमिक कार्यक्रमको नियम अनुसार आपसी समझदारीमा तय गरिने र छनोट भएका उम्मेदवारहरूसँग आयोजना अवधिभरका लागि सेवा करार गरिने सूचनामा स्पष्ट पारिएको छ।

थप सुचनामा:

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स