■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Health Directorate, Dhankuta |
| ◆ पद (Position / Title): | Medical Officer, Physiotherapist, Lab Technologist, Hospital Manager, School Nurse Coordinator, Psychosocial Counseling Officer, Surveillance Medical Officer, IT Officer, Biomedical Engineer, School Nurse |
| ◆ रिक्त संख्या (Vacancies): | ८९ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/०४ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
कोशी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाले करार सेवाका लागि १० विधामा ८९ जना कर्मचारी माग गरेको छ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, धनकुटाले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न १० पदमा सेवा करारका माध्यमबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। निर्देशनालय मातहतका निकायहरूमा आगामी आषाढ मसान्तसम्मका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य प्राविधिक कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो।
माग गरिएका पदहरूमा मेडिकल अधिकृत (आठौँ तह) १३ जना, फिजियोथेरापिष्ट (सातौँ तह) ३ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट (सातौँ तह) २ जना, अस्पताल व्यवस्थापक (सातौँ तह) १ जना, विद्यालय नर्स संयोजक (सातौँ तह) १ जना, मनोसामाजिक परामर्श अधिकृत (सातौँ तह) १ जना, सर्भिलेन्स मेडिकल अधिकृत (आठौँ तह) १ जना, आइ.टि. अधिकृत (सातौँ तह) १ जना, बायोमेडिकल इन्जिनियर (सातौँ तह) १ जना र विद्यालय नर्स (सहायक पाँचौँ तह) ६५ जना रहेका छन्।
इच्छुक उम्मेदवारले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०५/०४ ले १५ दिन भित्र निर्देशनालयमा दरखास्त फाराम पेश गर्नुपर्नेछ। यद्यपि, सर्भिलेन्स मेडिकल अधिकृतको हकमा भने ७ दिन भित्रै दरखास्त दिनुपर्ने प्रावधान राखिएको छ। आवश्यक न्यूनतम शैक्षिक योग्यता र अन्य विस्तृत विवरणका लागि स्वास्थ्य निर्देशनालय, धनकुटाको आधिकारिक वेबसाइट hd.koshi.gov.np मा हेर्न सकिनेछ वा फोन नं. ०२६-५२२५०८ मा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:



