■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Netra Jyoti Sangh |
| ◆ पद (Position / Title): | Community Eye and Ear Health Worker |
| ◆ रिक्त संख्या (Vacancies): | 7 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/२२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ साउन ३१ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा सञ्चालित ‘सम्भव जीवन’ परियोजनाका लागि ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ताको दरखास्त आह्वान गरेको छ।
नेपाल नेत्रज्योति संघले CBM Global तथा CBM Australia को साझेदारीमा कर्णाली प्रदेशमा सञ्चालित ‘सम्भव जीवन’ परियोजनाका लागि खुला प्रतिस्पर्धाद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता (Community Eye and Ear Health Worker) पदमा दरखास्त आह्वान गरेको छ। यो नियुक्ति पूर्णकालीन परियोजना करार सेवा अन्तर्गत हुनेछ।
यस पदका लागि आवेदकले कम्तीमा प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। CMA, ANM, HA, OA वा स्वास्थ्य सम्बन्धी योग्यता भएका, सामुदायिक स्वास्थ्य, आँखा स्वास्थ्य वा समुदाय परिचालन क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएका र कम्प्युटर तथा स्मार्टफोन प्रयोग गरी अभिलेख तथा प्रतिवेदन तयार गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ। नेपाली भाषामा राम्रो लेखन तथा बोलीको दक्षता भएका र स्थानीय भाषा जान्नेलाई विशेष प्राथमिकता रहनेछ।
इच्छुक उम्मेदवारले निवेदन, अद्यावधिक बायोडाटा (CV), शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि र दुई जना रेफरेन्सको सम्पर्क विवरण सहित २०८३ साल साउन ३१ गते कार्यालय समयभित्र ईमेल [email protected] मार्फत आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि ०१-५३६१९२१ मा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:
