■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Infinity Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Senior Assistant (Branch Manager), Assistant, Junior Assistant, Trainee |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/२१ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/०४ |
◆ संक्षिप्त जानकारी (Summary):
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि केही संख्यामा दरखास्त आह्वान गरेको छ।
नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केन्द्रीय तथा शाखा कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। संस्थाले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साल भदौ ४ गतेभित्र आवेदन दिनुपर्नेछ।
योग्यताको हकमा वरिष्ठ सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह (१०+२) वा सोसरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा ३ वर्ष कार्य अनुभव, वा स्नातक तह उत्तीर्ण गरी १ वर्ष अनुभव आवश्यक पर्नेछ। सहायक पदका लागि १०+२ उत्तीर्ण गरी लघुवित्तमा २ वर्षको अनुभव हुनुपर्नेछ। कनिष्ठ सहायकका लागि एसएलसी/एसईई वा सोसरह उत्तीर्ण गरी लघुवित्तमा १ वर्षको अनुभव र प्रशिक्षार्थी पदका लागि एसएलसी/एसईई उत्तीर्ण भई ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्नेछ। उमेरको हकमा सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
छनोट प्रक्रियामा वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकको लागि मौखिक अन्तर्वार्ता हुनेछ भने प्रशिक्षार्थी पदका लागि फिल्ड अवधारणा र मौखिक अन्तर्वार्ता लिइनेछ। सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ। तलब, भत्ता तथा अन्य सुविधाहरू संस्थाको नियमानुसार हुनेछ।
आवेदन दिन चाहने उम्मेदवारले संस्थाको वेबसाइट www.infinitylbsl.com.np मा रहेको ‘Career’ मेनु अन्तर्गत अनलाइन आवेदन मार्फत वा केन्द्रीय कार्यालयमा स्वयं उपस्थित भई आवेदन फारम, बायोडाटा, फोटो, नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र र अनुभवका कागजातहरू बुझाउनुपर्नेछ। रीतपूर्वक प्राप्त आवेदनहरूबाट सर्ट लिस्टमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ।
थप सुचनामा:
