■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Lumbini Bikas Bank Limited |
| ◆ पद (Position / Title): | Semi-Qualified Chartered Accountant (Senior Assistant/ Supervisor/Junior Officer) |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ भदौ ०३ |
◆ संक्षिप्त जानकारी (Summary):
लुम्बिनी विकास बैंक लिमिटेडले सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको छ।
लुम्बिनी विकास बैंक लिमिटेडले वित्त, लेखा र ट्रेजरी विभागका लागि सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर तहमा केही संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आफ्नो बैंकिङ सेवालाई प्रभावकारी बनाउन दक्ष नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
न्यूनतम शैक्षिक योग्यता र अनुभवको हकमा उम्मेदवारले ICAN वा ICAI बाट CAP II परीक्षा उत्तीर्ण गरी आर्टिकलशिप तालिम पूरा गरेको हुनुपर्नेछ। यसका साथै वित्त वा लेखापरीक्षण क्षेत्रमा १ देखि २ वर्षको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ। उम्मेदवारमा लेखा सिद्धान्त र वित्तीय रिपोर्टिङको राम्रो ज्ञान हुनुका साथै उत्कृष्ट सञ्चार र नेतृत्व क्षमता हुन आवश्यक छ।
उमेर हदको सम्बन्धमा जुनियर अफिसर (अधिकृत तह) का लागि आवेदन दिने अन्तिम मितिसम्म ४० वर्ष ननाघेको र सुपरभाइजर/सिनियर असिस्टेन्ट (सहायक तह) का लागि ३५ वर्ष ननाघेको हुनुपर्नेछ। अन्तिम छनोट प्रक्रियाका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले बैंकको आधिकारिक करियर पोर्टल https://career.lumbinibikasbank.com मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम समय २०८३ भदौ ०३ गते २४:०० बजेसम्म तोकिएको छ।
थप सुचनामा:
