instainsta

गुमुखोला भ्याकुरे हाइड्रोपावर आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २१ गते
गुमुखोला भ्याकुरे हाइड्रोपावर आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग
AdvertisementAds

गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावरका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

कम्पनीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा ९५० किलोवाट क्षमताको गुमुखोला भ्याकुरे जलविद्युत आयोजना सञ्चालन गरिरहेको जनाएको छ। रन अफ रिभर (Run of River) प्रविधिमा आधारित उक्त आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट आवर विद्युत उत्पादन भइरहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स