■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kalika Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Manager, Junior Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | ४४ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/२२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/०५ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ४४ जना कर्मचारीको माग गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयहरूका लागि खुला प्रतिस्पर्धाद्वारा कर्मचारी स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। संस्थाले व्यवस्थापकीय श्रेणीको प्रबन्धक पदमा १ जना र सहायक श्रेणीको कनिष्ठ सहायक पदमा ४३ जना गरी कुल ४४ जना कर्मचारी माग गरेको हो।
प्रबन्धक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा सहायक प्रबन्धकको रूपमा न्यूनतम ३ वर्ष कार्य अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरी ४ वर्षको अनुभव भएको हुनुपर्नेछ। कनिष्ठ सहायक पदका लागि एस.एल.सी. वा एस.ई.ई. परीक्षामा कम्तीमा ‘डी प्लस’ ग्रेड (न्यूनतम १.६० जिपिए) प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
उमेर हदको हकमा व्यवस्थापकीय श्रेणीका लागि ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ भने बहालवाला कर्मचारीलाई उमेर हद लाग्ने छैन। सबै पदका लागि कम्प्युटर सम्बन्धी राम्रो ज्ञान हुनुपर्ने र सवारी चालक अनुमति पत्र भएकालाई ग्राह्यता दिइने उल्लेख छ।
इच्छुक उम्मेदवारले हस्तलिखित निवेदन, हालसालै खिचिएको फोटो, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता र नागरिकताको प्रतिलिपि सहित संस्थाको केन्द्रीय कार्यालय पोखरामा वा [email protected] मार्फत आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८३ साल भदौ ५ गते कार्यालय समयसम्म तोकिएको छ। छोटो सूची (Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ।
थप सुचनामा:
